पोखराका सहन्यायाधिवक्ता थापा पक्राउ

  • ख-
  • ख+

पोखरा, असोज २४ ।
पोखराको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित पक्राउ परेका हुन् । ठगी मुद्दालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्