जनसहभागिताका कारण विकास निर्माणका कार्यहरु गुणस्तरीय हुने ः मेयर जिसी

  • ख-
  • ख+

लेखनाथ, ९ कार्तिक ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले जनसहभागिताका कारण विकास निर्माणमा कार्यहरुले तिव्रता पाएको वताएका छन । पोखरा २७ रिठ्ठ्ेपानी स्थीत नवनिर्मित वाल उद्यान तथा खोप सेवा केन्द्रको उद्घाटन गर्दै मेयर जिसिले यस्तो बताएका हुन । उनले हरेक योजनाहरुमा जनताहरुलाई पनि सहभागि गराउँदा अपनत्वको भाव पनि हुने हुँदा विकास निर्माणका कार्यहरु समयमै र गुणस्तरीय हुने गरेको पनि वताए ।

कार्यक्रममा वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले महानगरका केही महाशाखाहरुलाई साविक लेखनाथ नगरपालिकाको कार्यलयमा ल्याउन सके लेखनाथवासिले राहतको अनुभव गर्ने र यसको लागि पहल गरिदिन मेयर जिसिलाई आग्रह समेत गरेका थिए ।

उनले आफ्नो वडामा राजनितिक रुपमा कुनै भेद्भाव नरहेको दावी गर्दै आफु जनताको सेवा गर्न आएको र आगामी दिनमा पनि सवै पार्टिलाई मिलाएर वडाको विकासमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । गणेश प्रसाद गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत क्या. धन ब. गुरुङले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्या. ईन्द्र ब. गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्