मानव अधिकार तथा शान्ति समाजद्धारा हिंसात्मक घटनाको निन्दा

  • ख-
  • ख+

काठमाण्डौ, ११ फागुन ।

२०७५ फागुन १० गते राति देशका विभिन्न भागमा भएका विष्फोटनका घटनाहरु निन्दनीय छन् । विष्फोटनमा परि एक जनाको मृत्यु र केही नागरिक घाइते भएका छन् । नागरिकहरुलाई त्रसित बनाउने र ज्यान लिने यस्ता आततायी कुकृत्यको मानव अधिकार तथा शान्ति समभाथ भत्र्सना गर्दछ र दोषीलाई कानुन सम्मत दण्डीत गरि हिंसालाई निरुत्साहीत गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
फरक प्रसंगमा ः संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित अभियानका क्रममा विगतमा काठमाण्डौँमा दुई वटा धर्ना र जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने लगायत अन्तरक्रिया, नागरिक सभाहरु सम्पन्न भइसकेका छन् । समाजका तर्फबाट मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय कार्यसमितिसंसदलाई ढाट्ने मन्त्रीलाई वर्खास्त गर्ने इच्छाशक्ति प्रधानमन्त्रीमा देखिएन । तसर्थ मानव अधिकार तथा शान्ति समाजले २०७५ फागुन १५, २२ र २९ गते दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्र अगाडि थप ३ वटा धर्ना आयोजना गर्न गइरहेको छ । धर्ना प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुको सहभागिता रहने छ । यसैगरी देशका विभिन्न भागहरुमा दबाबमुलक कार्यक्रमहरु निरन्तर रहने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्