४८ औं हप्ता वृहत वेगनासताल सरसफाइ कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

लेखनाथ, १८ फागुन ।
वेगनास युवा क्लबले विगत माघ २० गते देखि शुरु गरेको वृहत वेगनसाताल सरसफाइ अभियान शनिवार ४८ औं हप्ता सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । वेगनास युवा क्लबको आयोजनामा प्रत्येक हप्ताको शनिवार गरिने सरसफाइ अन्तर्गत ४८ औं हप्ताको वृहत सरसफाइ अभियानमा वेगनास युवा क्लब पदाधिकारीहरु, सदस्यहरु , पर्यटन मार्ग महिला समूह, नहर चोक नमूना टोल विकास संस्था, होटल तथा रेष्टुरेण्ट एशोसियसन, वेगनासताल महिला समूह, जलेश्व शिव मन्दिर सन्चालन समिति, बेगनासताल यातायात बस सन्चालन समिति, सुरक्षा निकाय लगाएतका स्थानिय सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष राम रानाभाटले विगत एक वर्ष देखि शुरु गरेको वृहत वेगनासताल सरसफाइ अभिायनले प्रत्येक टोल टोलमा सरसफाइ गरी वतावारण स्वच्छ राख्नुपर्छ भन्ने सचेत गराइ सकारात्मक सन्देश दिन सफल भएको भन्दै अझै पनि विभिन्न स्थानिय सामाजिक संघ संस्थाहरु, स्थानियहरुबाट जति सचेत हुनु पर्ने त्यो नदेखिएको प्रति गुनासो गरे । कार्यक्रममा बेगनासताल क्षेत्र वरिपरि, बस पार्क नहर क्षेत्रको फोहोर मेला संकलन गरी व्यवस्थापन गरिएको अध्यक्ष रानाभाटले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्