देशभरका अदालत दुई साताका लागि बन्द

  • ख-
  • ख+

चैत ७,  काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द गरिने भएको छ।

शुक्रबार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आइतबारदेखि लागू हुनेगरी दुई सातासम्म देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो।

नेपाल बार एशोसियसनले यसअघि नै सर्वाेच्च अदालतलाई पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित गर्न अनुरोध गरेको थियो। अदालतहरू बन्द भए पनि बन्दी प्रत्यक्षिकरणका रिटहरुमाथिको सुनुवाइका कामकारबाही भने नरोकिने सर्वाेच्चले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्