संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

  • ख-
  • ख+

चैत २३ ,  त्रिपोली । नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्री महोमद जिब्रिलको मृत्यु भएको छ ।

स्थानीय सञ्‍चारमाध्यमका अनुसार उनको इजिपिको अस्पतालमा मृत्यु भएको हो । जिब्रिलको राजनीतिक दल नेसनल फोर्स एलाइन्सले उनलाई २६ मार्चमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको थियो ।

सन् १९५२ मा जन्मिएर पश्चिमा मुलुकमा अध्ययन गरेका  जिब्रिलले विद्रोही राष्ट्रिय संक्रमणकालीन परिषद्‍बाट सन् २०११ को अक्टोबरसम्म प्रधानमन्त्री भएका थिए । सन् २०१२ मा उनको पार्टीले बहुमतसहित विजय भएपछि उनी प्रधानमन्त्री भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्