पोखरा ३१ म ११७ युनिट रगत संकलन

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १५ बैशाख ।
पोखरा महानगरपालिका वडा नं.३१ विभिन्न स्थानमा आयोजना गरिएको रक्तदानका कार्यक्रममा ११७ युनिट रगत संकलन भएको छ । आज मिति २०७७ साल बैशाख १५ गते नेपाल रेडक्रस सोसाईटी पोखरा ३१ उपशाखा को आयोजनामा पोखरा ३१ को मोहरिय, सुकेडाडा , बेगनासताल बसपार्क , लाकुरी , पचभैया देउराली , सुन्दरीडाडा, बेगनास पौवा मा सोमबार आकस्मिक घुम्ती रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान जिवन दान, जीवन दान महादान भन्ने पवित्र उद्धेश्ये राखेर आयोजन गरिएको उक्त कार्यक्रममा बेगनास युवा क्लबका अध्यक्ष राम रानाभाट , लाकुरी युवा क्लबका तथा अध्यक्ष सुरेश लामिछाने ,पचभैया प्रगतिशील युवा मञ्चका अध्यक्ष सुनिल थापाको विशेष सहयोग रहेको थियो ।
पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, नेपाल रेड्क्रस सोसाइटी गण्डकी प्रदेश सभापति सुर्य ढकाल लगाएतका सामाजिक अभियान्ताहरुको उपस्थितिमा खुला रक्तदान कार्यक्र सम्पन्न भएको कुरा त्रिलोचन लामिछानेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्