ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

  • ख-
  • ख+

असार ६, काठमाडौं । ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । बीबीसीका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३२ हजार ९१३ पुगेको छ ।

सरकारको प्रयासका वाबजुद ब्राजिलमा तत्काल कोरोना संक्रमण नियन्त्रण हुने अवस्था देखिएको छैन । ब्राजिलमा कोरोनाको बढ्दो ग्राफ राजनीतिक सरगर्मीको विषय बनेको समाचारमा उल्लेख छ । राष्ट्रपति जायर बोलसोनारोले संकटको यो अवस्थामा कोरोना नियन्त्रणका लागि गरेको प्रयासबारे आवाज उठ्न थालेको छ ।

राष्ट्रपति बोलसोनारो कोरोना संक्रमणलाई सामान्य फ्लू भन्दै आएका छन् । ब्राजिलमा ५४ हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको बीबीसीको समाचारमा उल्लेख छ । यता विश्व स्वास्थ्य संगठनको तथ्यांक भने केही कम छ ।

ब्राजिल विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण र मृत्यु हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्