कोरोना संक्रमितको मृत्युपछि पश्चिमाञ्चल अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द

  • ख-
  • ख+

११ असार, पोखरा । अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

‘इमेर्जेन्सी वार्डबाट ओपीडी वार्ड हुँदै शव ल्याउनुपर्छ । यसो हुँदा अरुलाई पनि सर्न सक्छ,’ डा. आचार्यले  भने, ‘तर, यो आज बिहीबारमात्रै हो । शुक्रबारबाट हाम्रा सबै नियमित सेवा खुल्छन् ।’

मधुमेह, श्वासप्रश्वास लगायतका समस्याका कारण असार ८ गते भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय एक पुरुषको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको थियो । ‘सुरुमै उहाँको अवस्था क्रिटिकल थियो । यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको हो,’ डा. आचार्यले भने ।

योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा २ पुगेको छ । यसअघि पनि स्याङ्जाकै ६० वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको गत जेठ २५ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी