कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु

  • ख-
  • ख+

११ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरे ।

चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी