कोरोना परीक्षणका लागि १० वटा प्रयोगशाला थप गरिने

  • ख-
  • ख+

असार १२, काठमाडौं । सरकारले आरटी-पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न थप १० वटा प्रयोगशाला सञ्‍चालनमा गर्ने निर्णय गरेको छ ।

आरटी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्‍चालनस गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले पीसीआर परीक्षणको क्षमता बढाउने भन्दै थप १० वटा प्रयोगशाला सञ्‍चालन गर्ने निर्णय गरेको नीति योजना तथा समन्वय महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए ।

मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशमा हाल २३ वटा प्रयोगशाला सञ्‍चालनमा छ । योसँगै प्रयोगशालाको संख्या ३३ पुग्‍ने मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी