कोट देउरालीको स्थापना दिवसमा प्रतिक्षालय निर्माण

  • ख-
  • ख+

पोखरा , १३ असार ।
पोखरा ३१ मोहरीयामा रहेको कोट देउराली बहुउद्देश्यीय सहकारी सस्थाले पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासताल मन्धरे पार्कमा पर्यटक बस्ने प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो प्रथम स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त प्रतिक्षालको निर्माण गरिएको सहकारीका प्रबन्धक श्रीराम कंडेलले बताए ।
आफ्नो क्षेत्राधिकार भित्र विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उक्त सहकारीको प्रथम स्थापना दिवस कार्यक्रममा सहकारीका सल्लाहकार भरतराज तिवारीले शुभकामना मन्तब्य राखेका थिए भने उमानाथ तिवारीले स्वागत गरेका थिए ।
सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक श्रीराम कडेलले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी