पछिल्लो २४ घण्टामा ४६३ कोरोना संक्रमित थपिए, १७९ डिस्चार्ज

  • ख-
  • ख+

असार १४ , काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर नोभेल कोरोना भाइरसका  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ४६३ संक्रमित थपिएका हुन् ।

जसमा १०५ महिला छन् भने ३५८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । शनिबार देशभर ५५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।  देशभरका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

कुल कोरोना संक्रमितको संख्या १२ हजार ७७२ नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३ जना डिस्चार्ज भएका छन् । जसमध्ये २५५ महिला रहेका छन् भने दुई हजार ७५८ पुरुष रहेका छन् ।  पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७९ डिस्चार्ज भएका छन् । जसमा १३ महिला र १६६ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख  हजार  जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख  हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ४ हजार ९६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ६१  हजार ७३१ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ७३१ कोरोना संक्रमितहरु रहेका छन् ।  लसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी