लायन्स क्लब अफ बेगनास तालनगरीको पद हस्तान्तरण

  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १७ असार
लायन्स क्लब अफ बेगनास तालनगरीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जुलाई १ तारिख देखि लायनस को नयाँ कार्यकाल वर्ष सुरु भए सँगै उक्त क्लबको पद हस्तान्तरण कार्यक्रम बुधबार एक कार्यक्रमका विच सम्पन्न भएको हो ।
लायन वर्ष २०१९ र २० का अध्यक्ष केशव राज तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष तिवारीले वर्ष २०२० र २१ का अध्यक्ष शक्ति श्री तिवारी कोइरालालाई ग्यावल सहित पद हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा सम्पदान भएका कार्यहरुको वारेमा जानकारी गराएका थिए । आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका पदाधिकारीहरुलाई धन्यवाद दिंदै आगामी दिनमा पनि क्लबका कार्यक्रमहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसै गरि निवर्तमान सचिव त्रिलोचन लामिछानेले सचिवको प्रविवेदन प्रस्तुत गर्दै सचिव अरुण चन्द्र सुवेदीलाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए भने निवर्तमान कोषाध्यक्ष अरुण चन्द्र सुवेदीले क्लबको आर्थिक गतिविधिको वारेमा जानकारी गराएका थिए ।
यसै विच क्लस्टर प्रमुख सूर्य नारायण बरालले क्लबका नव निर्वाचित अध्यक्ष लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अहिलेको विषम परिस्थितिमा पनि लायन्स क्लबहरुले सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै सामाजमा उदाहरणीय कार्य गरेको बताए । लायन्स क्लब अफ वेगनास तालनगरीले आगामी दिनमा गर्ने विभिन्न सामाजिक तथा मानविय सेवका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी रिजन चियर पर्सन गणेश प्रसाद ढुंगाना, जोन चियर पर्सन सागर लामिछाने , प्रथम उपाध्यक्ष प्रभा भुुजेल लगाएतले लायन्स क्लबहरुले अन्तराष्ट्रिय लायन्स क्लबको मूल्य मान्येता र डिष्ट्रिको थिमलाई आत्मसाथ गर्दै गुणस्तरीय सामाजिक सेवाका कार्यहरु सम्पदान गनुपर्ने कुरामा जोड दिएका थिए । संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालाले पदभार ग्रहण गर्दै क्लबले नियमित रुपमा सम्पदान गर्दै आएका कार्यहरु सम्पादन गर्ने बताउँदै भावी योजनाहरु प्रस्तुत गरेकी थिइन् । क्लबका सबै साथीहरुलाई समेटेर क्लबकालाई अगाढि बढाउने बताउँदै आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन क्लबका पदाधिकारीहरु लगाएत पूर्व अध्यक्षहरुलाई आग्रह गरेकी थिइन् भने निवर्तमान सचिव त्रिलोचन लामिछानेले कार्यक्रम सन्चालन गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी