लेउबा संघले पुर्व अध्यक्ष गिरीलाई केन्द्रिय सदस्यमा उठाउने

  • ख-
  • ख+

लेखनाथ,१७ असार

नेपाल उद्योग बाणिज्य महासंघकोे ५४ औं बार्षिक साधारण सभा तथा महाधिबेसनमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरीलाई प्रदेश केन्द्रिय सदस्य पदमा उठाईने भएको छ ।

संघको बुधवार बसेको १२ औं कार्यसमितिको बैठकले सर्वसम्वत रुपमा बि. सं २०७७ श्राबण २६ र २७ गते काठमाडौंमा हुने महाधिवेसनमा गिरीलाई गण्डकी प्रदेश प्रतिनिधी केन्द्रिय सदस्य पदमा उठाउने निर्णय गरेको हो ।

जन्मथलो स्याङ्जा भई ब्यवसायीक रुपमा विगत दुई दशक देखि लेखनाथ क्षेत्रमा उद्योग ब्यवसाय संचालन गर्दै सामाजीक क्षेत्रमा कृयाशिल हुदैं वि. सं २०७०÷७२ मा संघको अध्यक्षको रुपमा परिचय कमाउनु भएका गिरी नेपाल उद्योग बाणिज्य महासंघमा अघिल्लो कार्यकाल मेला समिति सदस्यको रुपमा रहेर काम गर्नु भएको थियो । गिरी लेखनाथ उद्योग बाणिज्य संघको वर्तमान वरिष्ठ सल्लाकारको रुपमा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी