मारबाडी सेवा समितिद्धारा आयुर्वेदिक औषधि वितरण

  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, २१ असार ।
मारवाडी सेवा समितिले निशुल्क ऐलोपेथिक आयुर्वेदिक औषधि वितरण गरेको छ । शिशुवा नेवाःखलको व्यवस्थापनमा पोखरा शिशुवा स्थित नेवाःखलको समाजघरमा शनिबार औषधि वितरण गरिएको हो ।
विश्वभर कोरोना भाइरस (कोभिड १९) आक्रान्त पारेको अवस्थामा नेपाली जनतालाई उक्त रोग सँग लड्न सक्ने प्रतिरोधात्मक शक्तिका लागि सो औषधी वितरण गरिएको मारबाडी सेवा समितिले जनाएको छ ।
पोखरा निवासी समाजसेवी ठाकुर बराल र गणेश पण्डितले शिशुवा नेवाःखलका अध्यक्ष भुवन श्रेष्ठलाई एलोपेथिक आयुर्वेदिक औषधि हस्तान्तरण गरेका थिए । थोरै भए पनि नेवा खलको पहलमा मानव सेवाका लागि उक्त औषधि ५०० जनालाई वितरण गरिएको अध्यक्ष भुवन श्रेष्ठले बताए।
यस भन्दा पहिला पनि पोखरा ३० हिमालयन आइल्याण्ड सुके डाँडामा पनि पत्रकार ऋषि ढकालको पहलमा उक्त औषधि ६८० जनालाई निशुल्क रुपमा वितरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी