जेन १२१ को प्रि जोन बैठक सम्पन्न

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २४ असार
अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपाल अन्तर्गत जोन १२१ को प्रि जोन बैठक मंगलबार सम्पन्न भएको छ । जोन चियर पर्सन सागर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा क्लस्टर प्रमुख सूर्य नारायण बरालले डिष्ट्रिक गभर्नर मन बहादुर रोकाद्धारा प्रस्तुत भविष्यका लागि सम्पोण भन्ने थिममा आधारित भएर सामाजिक तथा मानविय सेवाका कार्यहरुलाई सम्पादन गर्न आग्रह गर्दै सकेसम्म कम भन्दा कम खर्चमा इस्तरिय कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । साथै विभिन्न क्लबका पदाधिकारीहरुले राखेका जिज्ञासा समेत मेटाउने प्रयास पनि बरालले गरेका थिए।

यसै गरी सोही बैठकमा डिष्ट्रिक पि आर ओ मधुसुधन कोइरालाले लायन्स क्लबले विशुद्ध सामाजिक भावना राखेर कार्यहरु गर्नुपर्नेमा जोड दिंदै क्लब देखि डिष्ट्रिकमा सबै एक जुट भएर यो वर्षलाई स्वर्णिम वर्ष बनाउने कुरा बताउँदै क्लबलेमा आइपरेका समस्याहरुलाई आफ्नो तर्फबाट सक्दो सयहोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै गरी रिजन ६१ का रिजन चियर पर्सन गणेस प्रसाद ढुंगाना, रिजन ६२ का रिजन चियर पर्सन शान्ता थापा, १२२ का जोन चियर पर्सन सुरेन्द्र पौडेल, डिष्ट्रिक चियर पर्सन बिकास भुर्तेल, डिष्ट्रिक चियर पर्सन केशव राज तिवारी लगाएतले शुभकामना मन्तव्य राख्दै क्बलका पदाधिकारीहरुले राखेका जिज्ञासाको वारेमा स्पष्ट पारेका थिए ।

जोन १२१ मा रहेका लायन्स क्लब अफ बेगनास तालनगरी, लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटी, लायन्स क्लब अफ लेखनाथ कवि शिरोमणी र लायन्स क्लब अफ लेखनाथ लेक सिटीका अध्यक्षहरु, प्रथम उपाध्यक्षहरु, सचिबहरु, कोषाध्यक्षहरुको उपस्थित रहेको उक्त बैठकमा लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष शक्ति श्री तिवारी, लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीका अध्यक्ष सूर्य प्रकाश ढुंगाना., लायन्स क्लब अफ लेखनाथ कवि शिरोमणीका अध्यक्ष विश्वराज पौडेल र लायन्स क्लब अफ लेखनाथ लेक सिटीका अध्यक्ष जिवन दत्त बरालले आफ्नो क्बलमा वर्ष २०२०÷२१ मा सम्पादन गर्ने सामाजिक तथा मानविय सेवका कार्यक्रमहरु प्रस्तुत गर्दै डिष्किट्रकमा आफ्नो क्लबलाई स्तरीय क्लबका रुपमा चिनाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। ।
जोन चियर पर्सन सागर लामिछानेले स्वागत गर्दै बैठकका एजेण्डाहरुको वारेमा जानकारी गराएका थिए भने आगामी प्रथम जोन बैठक लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीले सन्चालन गर्ने पनि सो बैठकले निर्णय गरेको कुरा लायन्स क्लब अफ बेगनास तालनगरीका सचिव अरुण चन्द्र सुवेदीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी