सार्वजनिक यातायात सञ्‍चालन गर्न दिने सरकारको निर्णय

  • ख-
  • ख+

असार २५, काठमाडौं । सरकारले सार्वजनिक यातायात सञ्‍चालन गर्न दिने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र मात्रै चल्ने गरी र जिल्लामा जिल्लाभित्र मात्रै चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको बताए ।  सरकारले लामो दूरीको सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय यथावत् राखेको उनले बताए ।

सरकारले सार्वजनिक यातायात सञ्‍चालन गर्न दिएसँगै भाडा पनि ५० प्रतिशतले बढेको छ । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यकाबाहिर सम्बन्धित जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात सञ्‍चालन गर्न दिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम कम गराउन सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्‍न पाउने भएकाले ५० प्रतिशत भाडा बढाएर लिन पाउने सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

निजी सवारीसाधनमा चढ्ने यात्रुको संख्यामा हेरफेर
सरकारले निजी सवारीसाधनमा चढ्न पाउने यात्रुको संख्यामा हेरफेर गरेको छ । सरकारका प्रवक्ता खतिवडाका अनुसार अब उप्रान्त जोरबिजोर प्रणालीमा सञ्‍चालन हुने निजी सवारीसाधनमा ड्राइभरसहित तीनजना यात्रा गर्न पाउनेछन् । पाँच वर्षसम्मका बालबालिकाको संख्या भने गणना नहुने भएको छ । यो व्यवस्था मोटरसाइकलमा पनि लागु हुने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी