कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको ज्यान गयो

  • ख-
  • ख+

साउन २, पोखरा । कास्कीमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाको ज्यान गएको हो । उनका अनुसार पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको छ ।

अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै छन् । पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी