मौद्रिक नीति सार्वजनिक, बैंकको ऋण र ब्याज तिर्ने समयावधि थप

  • ख-
  • ख+

काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ संकटबाट प्रभावित अर्थतन्त्रलाई मध्यनजगर गरी यस वर्षको मौद्रिक नीति ल्याएको बताउनुभयो ।

यसले अर्थतन्त्र पुनरुत्थानमा योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मौद्रिक नीतिमार्फत् ऋणीहरुलाई ऋण तथा ब्याज तिर्नका लागि समयावधि थप गरिएको छ ।

कोभिड–१९ बाट प्रभावित क्षेत्रका आधारमा ऋणीको प्रकृतिअनुसार कोरोनाप्रभावित उद्योगलाई एक वर्ष र साना ऋणीलाई छ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउने भएका छन् ।

उद्योग–व्यवसायले बैंकहरुबाट थप २० प्रतिशतसम्म ऋण पाउने पनि भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो ।

उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बिग मर्जरलाई स्वेक्षिक गरेको छ ।

वैधानिक तरलता अनुपातमा एक प्रतिशत विन्दुले घटाइने भएको छ । संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढी उठाउन पाइने छुट दिइनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी