फेदी नेवाः साँस्कृतिक गुठीको अध्यक्षमा गोपिलाल जोशी

  • ख-
  • ख+

रुपा, ३ साउन ।
रुपा गाउँपालिका वडा नं. ५ फेदी स्थित फेदी नेवाः साँस्कृतिक गुठीको अधिवेसनले गोपिलाल जोशीको अध्यक्षतामा सात सदसिय नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।
यसै गरी समितिको उपाध्यक्षमा बिन्दलाल श्रेष्ठ, सचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा विन्दु श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यहरुमा रोशन श्रेष्ठ, रामकुमार श्रेष्ठ, सुशिला श्रेष्ठ चयन हुनु भएको हो ।
नवनिर्वाचित अध्यक्ष गोपिलाल जोशीले नेवारी समुदायका युवाहरुलाई विभिन्न तालिमको ब्यवस्था गरी नेवारी भेषभुषा, संस्कृति तथा नेवारी परम्पराको जगेर्ना र संरक्षणको लागि आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

फेदी नेवाः साँस्कृतिक गुठीका निवर्तमान अध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा गुठीका पूर्व अध्यक्षहरु मोहन जोशी, जुमलाल श्रेष्ठ, हस्तकुमार श्रेष्ठ, दोभान आमा समुह अध्यक्ष विन्दु मायाँ श्रेष्ठ, दोभान युवा क्लबका अध्यक्ष दिपक बहादुर अधिकारी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । ।
फेदी नेवाः साँस्कृतिक गुठीले बिगत १५ बर्ष देखी नेवारी समुदायको रितिरिवाज, भेषभुषा एवम् संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै आएको दोभान युवा क्लबका सचिव सुरेन श्रेष्ठले गाउँले मिडियालाई जानकारी दिनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी