लायन्स डिष्ट्रिक्ट ३२५ बि १ द्धारा गण्डकी प्रदेशलाई भि.टि.एम. टेस्ट किट हस्तान्तरण

  • ख-
  • ख+

पोखरा, ४ साउन ।
लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ बि १ नेपालले गण्डकी प्रदेश सरकारालई हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारी नियन्त्रणको अभियानमा सरकारलाई लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ बि १ नेपालले साथ दिएको हो ।
डिष्ट्रिक्टले सरकारलाई समय समयमा प्रकृति प्रकोप, भुकम्प लागएत देशमा आइपरेको विपतको अवस्थामा सहयोग गरिरहेको गभर्नर मनबहादुर रोकाले जानकारी बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख अतिथ्यतामा आइतबार एक कार्यक्रमबीच गभर्नर रोकाले उक्त सामग्री सरकारलाई हस्तान्तरण गरेका हुन् । लायन्स कल्ब अन्तरास्ट्रियले अघिल्लो बर्षको डिस्ट्रिक्ट गभर्नर लायन इन्दु लम्सालको कार्यकालमा ईमर्जेन्सी रिलिफ ग्रान्ट्स मार्फत पुर्ब अन्तरास्ट्रिय डाइरेक्टर सन्जय खेतान तथा एल.सि आइ.एफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीको सक्रियतामा उक्त कीट उपलब्ध गराएको हो ।
क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशलाई १ हजार २ सय थान र प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशालालाई १ हजार ४ सय थान किट हस्तान्तरण गरिएको प्रोजेक्ट चियरपर्सन तथा कोचिफ एडभाइजर विनोद ढुंगानाले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्