ब्रह्मरुपा माध्यमिक विद्यालयको नयाँ ४ कोठे भवन समुद्धघाटन

  • ख-
  • ख+

लेखनाथ, ४ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नंं ३२ राजाको चौतारामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयको नयाँ ४ कोठो पक्की भवन पूर्व स्वाथ्यमन्त्री तथा सासद खगराज अधिकारीले उद्धघाटन गरे । नव निर्मित ४ कोठे पक्की भवन उद्धघाटन गर्दे अधिकारीले विद्यालयको आधारभूत विकास र अत्यावश्यक निर्माण सामग्रीले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी भुमिका खेल्ने बताए । साथै उनले शैक्षिक विकास नै समाज विकास रहेको बताउदै वर्तमान अवस्थामा कोराना भाइरस फैलिएको अवस्थामा पनि विद्यालयले विद्यार्थी संग सहकार्य गरी सामाजिक दुरी कायम गर्दे विभिन्न माध्यमवाट पठन पाठन सन्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( शिक्षा ) जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)कास्कीका प्रमुख लालप्रसाद पोख्रेलले पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वय इकाई मार्फत कास्की जिल्लाका स्कुलमा मात्र १९० वटा भवन सगै ६११ कोठा, ११४ शौचालय र १६५ वटा खानेपानी योजना वन्दै गरेको बताउदै पोखरा महानगर भित्र मात्र ३२१ वटा कोठा बन्दै गरेको र विकास निर्माण कार्यको लागि यस विद्यालयको निर्माण समिति अग्रसर भएर समयमा नै भौतिक निर्माण कार्य सम्पन्न गरेको मा धन्यवाद दिएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले भौतिक पुर्वाधारको विकासले गुणस्तरीय शिक्षा प्रदान हुने भएकाले वडा वाट हुने सवै सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले ६९ लाख ८० हजार सात सय रुपैयाको लागतमा निमार्ण सम्पन्न भएको ४ कोठे पक्की भवन, शुद्ध पिउने पानी र शौचालय समयमा नै बनाउन सफल रहेको वताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जिवी तिवारीले अध्यक्षतामा भएको सो कार्यक्रममा शि.अ.स. का अध्यक्ष विश्वराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने सो कार्यक्रममा शिक्षक महेश्वर पण्डितले कार्याक्रमको संचालन गरेका थिए ।

कास्की जिल्लाकै ( प्राविधिक धार) अन्तरगत कम्प्युटर ईन्जिनियरिङ्गमा शैक्षिक सत्र २०७० साल देखि नै कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियर अध्ययन अध्यापन गर्दै आएको यस विद्यालयमा ८५० जना भन्दा विद्यार्थी अध्ययनरत छन् भने यसै हप्ता देखी अनलाईन कक्षा सन्चालन गरिने र टाढा टाढावाट आउने विद्यार्थीका लागि यसै शैक्षिक सत्र देखि स्कूल बस सञ्चालन गर्ने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी