पैतेडाडाँ पहिरो पिडित परिवारलाई क्यानडा कास्की समाजको सहयोग

  • ख-
  • ख+

लेखनाथ,४ साउन । पोखरा महानगरपालिका वडा नं २६ पैतेडाडाँ पहिरो पिडित परिवारलाई क्यानडा कास्की समाजले आर्थीक सहयोग गरेको छ ।

असार २५ गते राती आएको अविरल बर्षाका कारण पहिरो जांदा उक्त ठाउका ३२ वर्षिय दुर्गा वहादुर विकको ज्यान गएको थियो भने बर्षाका कारण उक्त ठाउमा रहेका करिव ७२ वटा घरहरुमध्ये ३४ घर परिवारका करिव एक सय ५२ जना प्रभावित भएका छन् ।

पहिरोमा परि ज्यान गुमाएका पिडित परिवारलाई सहयोगी सस्थाका संयोजक रमेश खत्रिले पठाएको रकमलाई सामाजिक अभियान्ता लक्ष्मी पाण्डे र लायन्स क्लवकी अमृता खड्काले नगद १०हजार स्वर्गीय वि क की श्रीमति बिमला विकलाई हस्तान्त्रण गरेका हुन् ।

स्वर्गीय विकाका एक छोरा र एक छोरी रहेकाले उनिहरुको शिक्षादिक्षामा उक्त रकम प्रयोग गरिने भएको छ ।

पहिरोबाट विस्थापित घरपरिवारलाई अहिले वडा नं। २६ को पहलमा स्थानिय अमरज्योति आधारभुत विद्यालयमा वस्ने व्यवस्था मिलाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी