फेदिमा नेपाली संस्कृति संरक्षणको निरन्तरता

  • ख-
  • ख+

रुपा, ५ साउन ।
रुपा गाउँपालिका वडा नं. ५ फेदि स्थित फेदि नेवाः साँस्कृतिक गुठिले नेपाल र नेपाली पहिचानको नेवारी नाचको शुभारम्भ हुने दिनमा विशेष कार्यक्रम गरि सम्पन्न गरेको छ ।
नेवारी परम्परा अनुसार हरेक बर्षको गठेमंगल घण्टाकर्णको दिन नेपाली संस्कृतिको नेवारी नाच सिकाउने प्रचलन रहेको हुँदा त्यही दिनमा विशेष कार्यक्रम गरिएको हो।
कार्यक्रममा रुपा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टेकबहादुर गुरुङले नेवारी संस्कृति भाषा, भेषभुषा संरक्षणको लागि फेदि नेवाः सास्कृतिक गूठीले गरेको प्रयास लाई धन्यवाद दिदै वडा बाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता वक्त गर्नु भयो । आइतबारदेखि यो बर्षको नेवारी नाच सुरुवात भएको साथै सम्पुर्ण युवाहरुलाई नेवारी संस्कृतिको बारेमा जागरुक तथा सिक्न आवश्यक रहेको गूठीका युवा सदस्य रामकुमार जोशीले बताउनु भएको कुरा दोभान युवा क्लबका सचिव सुरेन श्रेष्ठले गाउँले मिडियालाई जानकारी दिनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी