साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट खुल्ने

  • ख-
  • ख+

श्रावण ६,  काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले साउन ६ गतेको मध्यरातदेखि लकडाउनको अन्त्य भए होटल, रेस्टुराँ, ट्रेकिङ, ट्राफल र पर्वतारोहण व्यवसायसँग सम्बन्धित क्षेत्र साउन १५ गतेबाट मात्रै सञ्चालन गर्न दिइने जानकारी दिए ।

यी व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए । “हिउँदे सिजनको पर्यटन व्यवसायलाई सुचारु गर्न सरकारले तयारी गरेको हो,” मन्त्री खतिवडाले भन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी