जन्म दिनको अवसरमा वृद्धाश्रममा सहयोग

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ९ साउन ।
लायन्स क्लब अफ वेगनास तालनगरीका सह कोषाध्यक्ष धु्रव राज त्रिपाठीले आफ्नो जन्म दिन वृद्ध वृद्धासँग आफ्नो जन्म दिन मनाउनु भएको छ । आफ्नो जन्म दिनको अवसरमा पोखरा महानगरपालिका वड नं ३२ लामेआहाल स्थित राधाकृण वृद्धाश्रमका वृद्धबृद्धाहरुलाई उहाँले खाद्यान्न तथा फलफुल वितरण गर्नु भयो ।
साथै उक्त अवसरमा क्लबको तर्फबाट नगद रु ५ हजार क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालाले आश्रमका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गर्नु भयो ।
लायन्स क्बल अफ वेगनास तालनगरीका अध्यक्ष शक्ति श्री तिवारी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धु्रव त्रिपाठीले आफ्नो जन्म दिन वृद्धाश्रमका वृद्धवृद्धाहरु सँग मनाउन पाउँदा खुशी लागेको बताउँदै आफुलाई आन्म सन्तुष्टि भएको बताउनु भयो ।

अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका एसिस्टेन्ट चिफ एडभाइजर मिलन थापाले त्रिपाठीलाई जन्म दिनको शुभकामना दिंदे जसले समाजमा केही दिन्छ त्यही व्यक्ति नै जिवनमा सफलता प्राप्त गर्न सक्ने बताउनु भयो । लायन्स क्लब अफ वेगनास तालनगरीले आफ्नो स्थापाना काल देखि नै विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको चर्चा गर्नु भयो ।
यसै गरी राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल ले सहयोगी मनहरु प्रति आभार प्रकट गर्दै वृद्धाश्रमका वारेमा चर्चा गरेका थिए । डिष्ट्रिक पि आर ओ मधुसुधन कोइराला, डिष्ट्रिक पि आर ओ एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, डिपामेन्ट आफिसर रामचन्द्र रानाभाट, रिजन चियर पर्सन गण्ेस प्रसाद ढुंगाना, जोन चियर पर्सन सागर लामिछाने लगायतले त्रिपाठीलाई जन्म दिनको शुभकामना दिंदै लायन्स क्लबका वारेमा चर्चा गरेका थिए ।

क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालाले क्लबको तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो जन्म दिन यसरी नै सामाजिक तथा मानविय सेवाका कार्य गर्दै आफ्नो जन्म दिन मनाउन आग्रह गर्नु भयो । क्लबका प्रथम उपाध्यक्ष प्रभा भुजेलले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पानुए भएको थियो भने सचिव अरुण चन्द्र सुवेदीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी