उपत्यकामा १५ सहित थप २१० जनामा संक्रमण, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

  • ख-
  • ख+

श्रावण १४, काठमाडौँ — उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

२४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.७ प्रतिशत संक्रमित निको भएको छ ।

भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ भने बुधबार संक्रमणमुक्त जिल्ला बनेका छन् ।

प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ५ हजार ३६० र क्वारेन्टाइनमा १४ हजार ४७१ रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी