पूर्विय सभ्यता महान ः कमल नयन गौतम

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १७ साउन ।
राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष भागवत भाष्कर गुरुदेव कमलयनयन गौातमले हाम्रो पूर्विय सभ्येता आफैमा महान भएको बताउनु भयो । राष्ट्रिय परोपकार महासंघ नेपाल वडा नं.३१ इकाईले शनिबार आयोजना गरेको एक सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । कोरोना भाइरस केभिड १९ ले हामीलाई कति पनि विचलित नभइ आफ्नो संस्कार प्रति सचेत हुनु पर्नेमा सचेत गराएको सो अवसरमा उहाँले बताउनु भयो ।
हामीले हाम्रो आहार व्यहारमा सचेत हुदै आफ्नो सस्कृति सभ्यतालाई आत्मसाथ गर्दै मानव तथा सामाजिक सेवामा लागे जुन सुकै भयावहलाई पनि परास्त गर्न सकिने विचार व्यक्त गर्दै सेवाका भावलाई अगाढि बढाउन सक्नु नै जीवनमा सबैभन्दा आनन्द प्राप्त गर्न सकिने बताउँनु भयो । पूर्विय सभ्यतामा शक्ति र सामाथ्र्य हुने र सोही अनुसार सेवाका कार्यमा लाग्न सबैलाई आग्रह पनि गर्नु भयो ।
यसै गरी सोही सम्मान कार्यक्रममा वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापा, वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नंं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, लेखनाथ उद्योग वाणिज्य महासंघका द्धितिय उपाध्यक्ष एवम् वडा नं.३० विपत व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझा, बेगनासताल धार्मिक पर्यटन संस्थाका अध्यक्ष धु्रव नाथ अधिकारी, राष्ट्रिय परोपकार महासंघ नेपाल वडा नं.३१ महिला इकाईका संयोजक शान्ति खनाल लगाएतले जुनसुकै विपतमा पनि सबै एकजुट भएर अगाढि बढ्न सके साविक लेखनाथलाई नयाँ पोखरा बनाउन सकिने विचार व्यक्त गर्नु भयो ।
राष्ट्रिय परोपकार महासंघ नेपाल वडा नं.३१ इकाईका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले स्वागत गर्नु भएको उक्त कार्यक्रममा वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष एवम् वडाका विपत व्यवस्थापन समतिका संरक्षक श्रीराम पोख्रेल, लेखनाथ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष एवम् वडा नं.३० विपत व्यवस्थापन समितिनका अध्यक्ष राजेन्द्र ओझा, ज्ञानकुन्ज विद्याश्रम एवम् आश्रय समूहका अध्यक्ष विदुर त्रिपाठी, राइजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णु प्रसाद गुरुङ, नमस्ते पार्टी प्यालेसका सन्चालक सूर्यमणी लामिछाने, बेगनासताल सक्रिय युवा समूहका संयोजक निराजन बराल, बेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट, होटल तथा रेष्टुरेन्ट एसोशियसनका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनालाई कोभिड १९ का कारण देशमा भएको बन्दा बन्दीको समयमा सेवामा समर्पित भएवापत खादा, दोसल्ला एवम् प्रमाण पत्रले सम्मान गरिएको कार्यक्रममा जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद तिवारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने साकाहारी समाज पोखराका अध्यक्ष एवम् पोखरा महानगरपालिका कानूनी अधिकृत राममणी अधिकारीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी