२४ घन्टामा थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज

  • ख-
  • ख+

श्रावण २१, काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नेपालमा संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्‍लाको रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पर्सा १५१, काठमाडौं‌मा ५७ जनामा संक्रमण देखिएको छ ।

प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १३० जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म १५ हजार १५६ निको भएर घर फर्किएका छन् । निको हुने ७०.८ प्रतिशत रहेको छ ।

उनका अनुसार ६ हजार १७४ सक्रिय संक्रमित छन् । २४ घन्टामा ६ हजार ३५९ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख १२ हजार ९५३ पीसीआर परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुको संख्या ९ हजार ९२५ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्