लर्डबुद्ध एजुकेसन फाउन्डेसन र लाइन्स क्लबबीच सम्झौता

  • ख-
  • ख+

श्रावण २१, काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बी १ बीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार फाउन्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रमहरु ‘बी.एस्सी. आईटी’, ‘बीबीएम ईबीजनेस’, ‘एमबीए’ र ‘एम.एस्सी.आईटी’ प्रत्येक कार्यक्रममा हरेक वर्ष एकजना गरिब तथा जेहेनदार विद्यार्थीले ट्युसन फीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्नेछन ।

लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति ८ लाख ६५ हजारबराबरको रहेको जनाइएको छ । विद्यार्थीहरुको छनोट लायन्स क्लब अफ नेपालले गर्नेछ ।

यसका साथै लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बी १ अन्तर्गत रहेका क्लबका सदस्यहरु र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहे ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी