कास्की काँग्रेसद्वारा पहिरो पीडितलाई सहयोग हस्तान्तरण

  • ख-
  • ख+

साउन २१, पोखरा । नेपाली काँग्रेस कास्कीले मादी गाउँपालिका वडा नं ५ ठुलोस्वाँरामा रहेको पहिरो पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई नगद १० हजार हस्तान्तरण गरेका थिए ।

विदेशमा रहेका नेपाली काँग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजारमध्येबाट १० हजार सो परिवारलाई हस्तान्तरण गरिएको प्रवत्ता नवीन सिग्देलले बताए ।

कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले समस्यामा परेको सो परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे । साउन २५ गतेको अविरल वर्षापछि घर भत्किएको थियो । दिउँसो घरमा कोही नभएका बेला घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी