मुत्तिनाथ विकास बैक साना लघु बैङकीङ्ग बुढिबजार शाखाद्धारा आर्थिक सहयोग

  • ख-
  • ख+

लेखनाथ,२३ साउन ।
मुत्तिनाथ विकास वैक साना तथा लघु बैङकीङ्ग साखा कार्यालय बुढिबजार साखाले पोखरा २६ को राम्चे मुत्तिनाथ महिला विकास केन्द्रकी सदस्य स्वर्गीय अम्विका घर्तीको परिवारलाई आर्थीक सहयोग गरेको छ ।
बुढिवजार साखाबाट स्वर्गीय घर्तीले वि स २०७६ जेठ र असोजमा लिएको दुई लाख ऋणको तीर्न बाकी रहेको रु ७४ हजार मिनाहा र तिरेको रु एक लाख ३९ हजार सहित काजकृया खर्चको रु पाँच हजार सुक्रवार एक कार्यक्रमका विच सहयोग गरेको हो ।
बैकका प्रतिनिधी र स्थानियको रहोवरमा स्वर्गीय घर्तीका छोरा राजु घर्तीलाई उक्त सहयोग रकम हस्तान्त्रण गरीएको हो । सहयोग रकम हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २६ की वडा सदस्य सर्मिला विश्वकर्माले आपत विपतमा परेकालाई बैकले सहयोग गरेकोमा धन्यवाद दिदै केही गरौं भन्ने उच्च अभिलासाले लिएको ऋणलाई मिनाह र थप रकम सहयोग गर्दा समुहका सदस्यहरुको मनोवल बढ्ने विचार व्यक्त गरीन् ।
ब्यापार ब्यवसाय गर्ने भनि स्वर्गीय घर्तीले लिएको ऋण चालु अवस्थामा रहेकै बेला विस २०७७ जेष्ठ २३ गते निधन भए पछि निजका हकवाल छोरा राजु घर्तीलाई उक्त रकम हस्तानत्रण गरिएको हो ।
कार्यक्रममा मुत्तिनाथ विकास वैक बुढिवजार साखाका प्रमुख रामचन्द्र रानाभाट, लघु बैङकीङ्ग साखा कार्यालय बुढिबजारका प्रमुख मनोज पौडेल र केन्द्र संचालक उमेश अधिकारीले बैकले केही गर्छु भन्नेलाई सहुलियत दरमा ऋण प्रबाहा गर्ने र सामाजीक सुरक्षा कोषबाट आपत विपतमा पर्दा सहयोग गर्दै आएको विचार राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी