आज इसाई धर्मका अनुयायीले क्रिसमस मनाउँदै

  • ख-
  • ख+

पौष १० , आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसंग जोडिएका छन् ।

मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर मोहम्मद । आज भने इसाइ धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदीन हो ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् ।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने  विश्वाबस राष्ट्रपतिले व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गरेकी छिन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो ।

 इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्