घामपानी सहकारीको मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा प्रारम्भ

  • ख-
  • ख+

पोखरा, २५ भदौ–पोखरा–४, चिप्लेढुङ्गामा अवस्थित घामपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको प्रारम्भ गरेको छ ।
भाद्र २३ गते स्थापना दिवसको अवसर पारेर सहकारीका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको विधिवत शुरुआत गर्नुभएको हो । संस्थामा आयोजित सातौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष विजुक्छेले “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नारालाइ आत्मसाथ गर्दै सदस्यहरुलाइ छिटो छरितो र सहज रुपमा वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा शुभारम्भ गरीएको बताउनु भयो ।
संस्थाका प्रवन्धक रबिन्द्र तिवारीले संस्थाको मोबाइल बैंकिङ्ग एप्सबाट उपलब्ध हुने सेवा सुविधाका वारेमा जानकारी दिनु भएको थियो । मोवाइल रिचार्ज गर्न, टि.भि.,इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानीको बिल भुक्तानी गर्न, आन्तरिक जहाज टिकट बुकिङ्ग गर्न, चेक बुक माग गर्न तथा चेक रद्ध गर्न, खाताको विवरण प्राप्त गर्न, व्यालेन्सको जानकारी प्राप्त गर्न, कर्जाको किस्ता भुक्तानी गर्न, इ सेवा लोड तथा इ सेवा बाट खातामा रकमान्तर गर्न, फोन पे मार्फत भुक्तानी गर्न, सहकारी बाट बैंक खातामा रकमान्तर गर्न सकिने मोबाइल बैंकिङ्ग एप्सको सेवा सुविधा रहेको तिवारीले बताउनु बताउँदै संस्थाले सरल र सहज रुपमा सदस्यहरुलाई वित्तिय सेवा प्रदान गरीएको जानकारी दिनुभयो । प्रवन्धक तिवारीले आगामि दिनमा प्रविधि र सदस्य सेवालाइ नैं प्राथमिकतामा राखि सदस्य सेवालाइ अझ विस्तार गरीने बताउनुभयो ।
अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मल जोजिजू, सचिव बल बहादुर थापा, कोषाध्यक्ष किरण बराल, शेयर सदस्यहरु बुद्ध गुरुङ्ग, अर्जुन भारी र कृष्ण थापा लगाएतले घामपानी सहकारीको वारेमा आ–आफ्नो धारणा राख्नुभएको प्रवन्धक तिवारीले गाउँले मिडियालाई जानकारी दिनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्