पोखरा ३१ मा राष्ट्रिय स्तन्त्र पार्टीको तदर्थ वडा समिति गठन

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १३ जेठ । पोखरा महानगरपालिका वडा नं.३१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ वडा समिति गठन गरिएको छ ।
जयराज ओझाको सभापतित्वमा ११ जनाको तदर्थ समिति गठन गरिएको हो । वडा भेलाबाट ओझालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको हो । यसै गरी उपसभापतिमा सबिता बराल, सचिवमा दामोदर पाण्डेलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।
यसै गरी सदस्यहरुमा नवराज पाण्डे, विनोद सापकोटा, सुनिल रानाभाट, सुनिता न्यौपाने, जिवन तिवारी, गणेश पाण्डे, गीता खनाल र सरीता खनाल रहेका छन् ।
पदम लामिछाने र जोहन कोइरालालाई वरिष्ट सल्लाहकार र भुवन श्रेष्ट, चित्र बहादुरु गुरुङ, राजेन्द्र बराल, भोनराज खनाल, मिमकृष्ण लामिछाने, भरतराज तिवारी र सरस्वती खत्रीलाई सल्लाहकारमा चयनमा गरिएको छ भने राजेन्द्र लामिछानेको संयोजकत्वमा ¥यापिड एक्सन टिमको समेत गठन गरिएको छ ।
केन्द्रिय प्रशिक्षण विभागका सदस्य माधव प्रसाद कंडेल, पोखरा महानगरपालिकाका सभापति नारायण प्रसाद आचार्य, पोखरा महानगरका सचिव सम«ाट बराल लगायतले नव निर्वाचित समितिलाई बधाई दिंदै पार्टीको बिचारका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्