पोखरा –२७ को राईजिङ्ग स्टार युथ क्लवको २२ औं रक्तदानमा ८२ युनिट रगत संकलन

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ । पोखरा २७ को रिठेपानीमा रहेको राईजिङ्ग स्टार युथ क्लवले आयोजना गरेको २२ औं खुल्ला रक्तदानमा कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।
रगतको अभावलाई केही हदसम्ममा भए पनि कमि गर्ने उदेश्यले रक्तदानमा स्वतस्फुर्त रुपमा ८२ जना रक्तदाताले रक्तदान गरेका हुन् ।

कार्यक्रममा पहिलो रक्तदाता सूर्य भट्टराई लाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले समाजमा सकरात्मक सन्देस दिने गरी दुई सस्थाको सहकार्यमा मानिसको शरिरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदानको कार्यक्रम मार्फत संकलन गर्नु राम्रो र यो मानविय सेवाको उदाहरणीय कार्य भन्दै राइजिङ स्टार युथ क्लबको प्रशंसा गरे ।

क्लबका कोषाध्यक्ष अर्जुन सापकोटाले संचालन गरेको कार्यक्रममा सल्लाहकार यम प्रसाद गुरुङ्गले शुभकामना मन्तब्य राखेका थिए भने धन्यवाद ज्ञापन राईजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले गरेका थिए । कार्यक्रम प्रायोजन रिठेपानी सहकारीले गरेको थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्