एमाले गण्डकीको अधिबेशन केन्द्रित प्रचार बैठक

गाउँले मिडिया
  • ख-
  • ख+

भदौ ३० ,पोखरा ।  ने क पा (एमाले) गण्डकी प्रदेश कमिटीको यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको सन्दर्भमा सनिवार प्रचार प्रसार समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश प्रचार संयोजक राजिब पहारीले अधिबेशनलाई सभ्य र भब्य बनाउन प्रभाबकारी प्रचार रणनीति तयार गर्ने उल्लेख गर्दै सो अधिबेशन ऎतिहासिक र स्मरणीय बनाउन सम्पूर्ण तयारीमा जुट्न आग्रह गरे।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अधिबेशनलाई सफल र महत्त्वपूर्ण बनाउन ससक्त प्रचार आबश्यक भएको उल्लेख गरे ।

बैठकमा गण्डकीका उप सचिब समेत रहेका प्रचार बिभाग प्रमुख रश्मि आचार्य , उप प्रमुख पुण्य पौडेल , प्रदेश कमिटी सचिबालय सदस्य प्रभा कोइराला , एमाले कास्कीका उप् सचिब दर्शन लामा लगायतले प्रचार योजनाको सन्दर्भमा प्रकाश पारेका थिए।

बैठकले अधिबेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न प्रचार रणनीति तय गर्दै तयारीमा ससक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको गरेको प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

ने क पा ९ एमाले० गण्डकीको प्रथम अधिबेशनको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्