निःशुल्क आँखा परिक्षण सम्बन्धि एक दिने स्वास्थ्य शिवीर सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १५ असोज । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आइ अन्तर्गत रहेको लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीले एक दिने निःशुल्क आँखा परिक्षण शिवीर सम्पन्न गरेको छ ।
स्थापना काल देखि नै विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यमा क्रियासिल रहेको क्लबले हिमालय आँखा अस्पताल घारिया पाटन पोखराको प्राविधिक सहयोगमा उक्त शिवीर जन प्रकाश मा.वि.पोखरा २९ भण्ढारढिकमा सोमबार सम्पन्न गरिएको क्लबका अध्यक्ष सुरेन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा भिजन आइ क्यापका एडिसनल डिष्ट्रिक चिफ भरत राज सिग्देलले मानिसको जीवनमा महत्वपूर्ण अंगहरु मध्य आँखा रहेको बताउँदै आँखाको हेरबिचार गनुपर्ने बताए । आँखा मानिसको ज्योती भएको बताउँदै सिग्देलले समय समयमा आँखाको परिक्षण गरी आँखामा रोग लाग्नबाट सतर्क रहनुपर्नेमा जोड दिए ।


यसै गरी रिजन एड्भाइजर नगेन्द्र राज बराल, रिजन चियर पर्सन कल्पना गुरुङ, कार्यक्रम संयोजक सुजन अधिकारी लगायतले आँखाको महत्वमाथि प्रकाश पारेका थिए ।
क्लबका अध्यक्ष सरेन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त शिवीरमा जनप्रकाश मा.वि.का ५ सय १० जना विद्यार्थीहरुले स्वास्थ्य लाभ लिएका थिए भने निःशुल्क औषधी समेत वितरण गरिएको उक्त शिवीरमा १३ जना विद्यार्थीहरुलाई थप उपचारका लागि हिमालय आँखा अस्पतालमा सिफारिस गरिएको क्लब सचिव भुवन राज बरालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्