श्रीभण्डार सहकारीद्धारा कृषक सम्मानित

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१५ मंसिर । पोखरा महानगरपालिका वडा नंं २९ को भण्डारढीकमा रहेको श्रीभण्डार पट्नेरी बहुउद्धेस्यीय सहकारी सस्थाले उत्कृष्ट कृषि कार्य गर्ने किसानहरुलाई सन्मान गरेको छ ।

सस्थाले कृषिको क्षेत्र तर्फ दुध संकलन गर्ने किसानहरुको प्रोत्साहनका लागि वार्षिक रुपमा सहयोग गर्दै आएको छ । यसैक्रममा सस्थाको २२ औ बार्षिक साधारण सभाको आवसरमा तिन जना दुग्ध उत्पादक कृर्षकलाई सन्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा सोभा पौडेल,लिला कुमारी पुन र जुना भण्डारी रहेका छन् ।सेयर सदस्यहरुलाई उत्पादनसँग जोड्ने गरि अगाडी सारिएको कार्यक्रम अन्तरगत सोभा पौडेलले बार्षिक १७ सय २५ लिटर,लिला कुमारी पुनले १२ हजार छ सय लिटर र जुना भण्डारीले छ हजार नौ सय ६१ लिटर दुध उत्पादन गर्न सफल भएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै सस्थाका पुर्व अध्यक्ष तथा जेष्ठ सदस्य बालकृष्ण आचार्यले सहकारीहरुले कृर्षिलाई मुख्य आधार बनाएर उत्पादनसँग जोडिन आग्रह गरेका थिए ।

सस्थाका अध्यक्ष पदम प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार माधव भण्डारी,कमला भण्डारी,प्रमोद पौडेल,विदुर भुषण क्षेत्री,जनप्रकाश बहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष विजयराज भण्डारी,सेयर सदस्य प्रमोद प्रसाद आचार्य र राधिका अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।

सोही अवसरमा कोषाध्यक्ष रामप्रसाद आचार्य,लेखा संयोजक संकर बहादुर केसी,सचिव सपना न्यौपाने र उपाध्यक्ष एकनारायण अधिकारी लगाएतले आ आफना प्रतिवेदन पेश गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्