लायन्स क्लव सिमसारको रक्तदान

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा ,२९ मंसिर । अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ आइ अन्तरगत महिलाहरु मात्र सदस्य रहेको लायन्स क्लव अफ लेखनाथ सिमसारले सुक्रवार राखेको रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ ।

क्लवको वार्षिक कार्यक्रम अन्तरगत राखेको रत्तदानका पहिलो रत्तदाता सुस्मिता खड्कालाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ आईका प्रथम भाईस गर्भनर विनोद ढुगानाले लायन्स क्लवले समाजलाई सकरात्मक वाटो तर्फ अग्रसर गराउनका लागि सामाजिक कार्य गर्न र गराउन प्रेरणदाई भुमिका निभाउदै आएको विचार राखेका थिए ।

कार्यक्रममा डा. प्रकाश भटराईले रोग लाग्नु पुर्व नै अपनाउनु पर्ने होशियारीका बारेमा जानकारी गराउदै उच्च रत्तचाप,मधुमेय र थाइराईड रोग लाग्नु पूर्व अपनाउनु पर्ने तैर तरिकाका बारेमा जानकारी गराएका थिए ।

क्लवकी अध्यक्ष गिता बरालको अध्यक्षतामा भएको कार्यक्रममा पि आर ओ इन चिफ शौलेन्द्र मोहन भटराई, रत्तसंचार चिफ सन्तोष श्रेष्ठ,लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका पराजुली र रत्तसंचार केन्द्र पोखराका प्रमुख महेन्द्र के शी लगायतले रक्तदानको महत्व र यसको उपयगिताको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रम संयोजक उर्वरा भटराईले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सचिव सुस्मा पौडेलले गरेकी थिईन । सोही अवसरमा माछापुच्छ्रे पोली क्लिङको प्राविधिक सहयोगमा निःशुल्क रुपमा थाईराईड,सुगर र उच्च रत्तचापको परिक्षण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्