राष्ट्रिय सभा चुनावका लागि १४ मतदान केन्द्र

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं । निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र तोकेको छ । जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको आयोगले जनाएको छ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा रहेका छन् ।

यसै गरी बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक, प्राविधिक भवन, हेटौडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ रहेका छन् ।

यसै गरी  कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको आयोगले जनाएको छ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन्। मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ। तोकिएका मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ती मार्फत जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्