लागू औषध सेवनकर्तालाई सचेतनामुलक कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

जिल्ला प्रहरी कार्यालयले लागू औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीद्धारा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका १३ जना लागू औषध सेवन कर्ताहरुलाई उनीहरुका अभिभावक उपस्थितिमा उक्त सचेतना मुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लागू औषधको प्रयोगबाट हुने असरहरू तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गरिनुका साथै सचेत गराइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सेवनकर्ताहरुलाई अब उप्रान्त लागू औषध सेवन नगर्न , लागू औषध प्रयोगको असरका वारेमा अन्य
व्यक्तिहरुलाई जानकारी गराउन, लागु औषध दुर्व्सनी, कारोवारी र आपराधिक गतिविधिको वारेमा प्राप्त भएको जानकारी प्रहरीलाई दिई
प्रहरीको असल साथी बन्ने, असल र जिम्मेवार नागरिक बनी समाज परिवर्तनको संवाहक बन्न प्रतिबद्धता गराई सपथ खुवाई निजहरुको अभिभावकको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्