पोखरा २८ बास्तोला गाउँमा गर्ग ऋषि को मूर्ति प्राण प्रतिष्ठा

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, १५ फागुन । गर्ग गोत्रीय, बास्तोला कुल सेवा समिति , पोखरा २८ , माझठाना बास्तोला गाउँको पहरेपानी स्थित नवनिर्मित कुल मन्दिर मा गर्ग ऋषि को मूर्ति प्राण प्रतिष्ठा कार्य भयो ।

स्याङ्खुदीबाट भजन कृतनका साथ गर्ग ऋषि को मूर्ति कुल मन्दिर पहरेपनी सम्म कलश यात्रा गरिएको थियो भने उक्त गर्ग ऋषि को मूर्ति , घण्टी , मण्डी , बेन्च सहित का सामग्री उक्त कुल मन्दिर का अक्षयकोष दाता ,नेपाली सेना का अवकास प्राप्त उपरथी डा. दीपक बास्तोला ÷श्रीमती दीपा बास्तोला ले सौजन्य गरेका थिए ।

बास्तोला कुल सेवा समिति नेपाल का केन्द्रीय अध्यक्ष विश्वराज बास्तोला को प्रमुख आथित्यता, विशेष अतिथि केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक वुद्धिनाथ बास्तोला ,कास्की जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद बास्तोला , भुर्तेल बन्दु समाज का केन्द्रीय सल्लाहकार भोजराज भुर्तेल तथा कास्की जिल्ला अध्यक्ष कालीप्रसाद भुर्तेल लगायतको उपस्थिति रहेको कार्यक्रमममा प्रमुख अतिथि विश्वराज बास्तोलाले बास्तोला कुल सेवा समिति को भावी कार्यक्रम ,योजना को बारेमा प्रकाश पार्दै स्थानीय उत्पादन र वस्तु को उपयोग मा जोड दिनुपर्ने , गर्ग ऋषि का सन्तान र गर्ग ऋषि का वंशज को खोज अध्यायन अनुसन्धान गर्नको लागि सम्पूर्ण भौतिक ,आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्दै बास्तोला कुल सेवा समिति पोखरा २८ को उन्नति प्रगति को निमित्त रु २५,००० सहयोग गर्ने बताए ।

त्यसैगरी विशेष अथिति केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक वुद्धिनाथ बास्तोला ले नेपालभरी नै छरिएर रहेका बास्तोला बन्धु हरुको इतिहास र पूर्वजहरुको बसाइसराई को स्थिति को अनुसन्धान को विषयमा भएका प्रगतिहरु को बारेमा प्रष्ट पारे ।

यसै गरी भूर्तेल बन्दु को तर्फबाट अथिति भोजराज भुर्तेल ले गर्ग ऋषि का सन्तान हरु विभिन्न कालखण्ड मा विभिन्न थर चिनारी मा भएतापनि ,गर्ग ऋषि का सन्तान को पद आचार्य अर्थात् विद्वान भन्ने भएको र पछि त्यही आचार्यनै थर को रूपमा विकास भएको धारणा राखेका थिए ।
त्यसैगरी समितिका अध्यक्ष हरी प्रसाद बास्तोलाले मन्दिर निर्माण र कार्यक्रम व्यस्थापनका लागि जिम्मेवारी वहन गर्ने सम्पूर्ण लगायत उपस्थित व्यक्तिहरू लाई धन्यवाद दिँदै यही फाल्गुण १८ गते बास्तोला बन्धुहरुको एकाह पूजा ( पितृ उद्दार ) कार्यक्रम सोही स्थान ( पोखरा– २८ ,बस्तोलगाउ पहरेपानि को मन्दिर परिसर ) मा हुने र यसका का लागि फाल्गुण १७ गते नै कार्यक्रम को पुर्वाङग तथा लाख दिप परज्वलन कार्यक्रम राखिएको जानकारी दिंदै उक्त कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न सम्पूर्ण बन्धुहरुको सहयोग र सहभागिता को लागि आग्रह गरेका थिए ।

समितिका कोषाध्यक्ष सोमलाल बास्तोलाले स्वागत गरेका थिए भने समितिका सचिव मित्रलाल बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा महानगरपालिकाबाट ५ लाख र अन्य बास्तोला बन्धुहरुको सहयोगबाट गरी जम्मा १४ लाख ९५ हजारको लागतमा कुल मन्दिर तथा प्रतिक्षालय निर्माण गरिएको सचिव मित्रलाल बास्तोलाले जानकारी दिए । त्यस्तै उक्त मन्दिर तथा प्रतिक्षालय निर्माणका लागि मित्रलाल बास्तोला, वेदनाथ बास्तोला र कृष्ण प्रसाद बास्तोलाले जग्गा दान गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्