लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सुरु, बिद्यार्थीले लगानी फिर्ता गर्नु पर्छ: मुख्यमन्त्री पाण्डे

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १६ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले शिक्षाको क्षेत्रमा राज्यले गरेको लागानीलाई विद्यार्थीहरुले फिर्ता गर्नु पर्ने औल्याएका छन् ।

कास्कीको लेखनाथमा रहेको लक्ष्मी आदर्श माध्यामिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको वुधवार सुभारम्भ गर्दै मुख्यमन्त्रि पाण्डेले सामुदायिक विद्यालयको शौक्षीक विकासका लागि राज्यले ठुलो धनराशी खर्च गरेकाले त्यसवाट लाभाम्वीत हुने विद्यार्थीले लगानीको केही अंम्स राज्यलाई फिर्ता गर्नु पर्ने सुझाव राखेका हुन् ।

सामुदायि विद्यालयमा कक्षा ११/१२ पढेपछि विदेशिने प्रचलन वढेको तितो यथार्थलाई संकेत गर्दै मुख्यमन्त्रि पाण्डेले रोजगारीका लागि कमाउन जाहाँ गएपनि केही छैन तर राज्यले आफनो शिक्षा दिक्षाका लागि गरेको लगानीलाई जन्म भुमीको ऋण सम्झेर फिर्ता गर्नु पर्ने सुझाव राखेका हुन् ।

माटोले खोजेको शिक्षा र समयले मागेको शिक्षा दिन नसक्दा युवा वर्गमा जागेको विदेशीने मोहलाई कसरी रोक्न सकिन्छ भन्ने वारेमा सरकार चिन्तनसिल भएकाले यस चुनौती पुर्ण अवस्थाका बारेमा राज्यले सिक्दै कमाउदै स्वआर्जन गर्ने सक्ने शिक्षा प्रणाली जोड्नु पर्ने टट्कारो अवस्था छ उनको भनाई रहेको थियो ।

सोही अवसरमा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्रि खगराज अधिकारीले देशमा ब्याप्त राजनितीक अस्थिरताका कारण शिक्षाको क्षेत्रमा देखिएको नकरात्मक पक्षलाई कसरी शुद्रीण गर्न सकिन्छ भन्ने बारेमा सामुहिक चिन्तको विषय भएको धारणा राखेका थिए ।

वि स २०२५ सालमा स्थापना भएको विद्यालयले शौक्षीक सत्र २०८० लाई नै स्वर्ण वर्षका रुपमा मनाउदै आएको थियो ।यसैक्रममा यहि फागुन १६,१७ र १८ गतेलाई स्वर्ण महोत्सव समापन समारोहका रुपमा मनाउन लागेका हो ।

विद्यालयको ५६ औं वार्षिकोत्सव एवंम स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम,पुरस्कार वितरण तथा बिद्यालय स्थापना कालदेखि शैक्षीक,भौतिक क्षेत्रमा सहयोग पुर्‍याउदै आउनु भएका चन्दादाता,जग्गादाता,अक्षयकोषदाताहरु लगाएतलाई सन्मान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले स्वर्ण महोत्सव पछिको शैक्षीक प्रणालीमा आमुल परिवर्तन आउने गरि ब्यवहारिक र प्रयोगात्म शिक्षालाई स्थान दिदै आएको जानकारी गराएका थिए ।

यसै विच स्वर्ण महोत्सवका अवसरमा सवै क्षेत्र तथा बर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्ने पुर्व योजना अनुसार फागुन १६ गते बुधवार मुल समारोहको सुभारम्भ र स्वर्णजयन्ती स्तम्भको अनावरण गरिएको थियो भने फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्धारको उद्घाटन र फागुन १८ गते मुल समारोह सहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचन सहितको मुल समारोह गर्ने कार्यक्रम तहे गरिएको छ ।

कार्यक्रममा पुर्व सभामुख तथा सस्थापक शिक्षक तारानाथ रानाभाट,पुर्व मन्त्रि यज्ञ बहादुर थापा,संघिय सांसद मन बहादुर गुरुङ,पुर्व गण्डकी प्रदेशका सभासद दिपक कोईराला,वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ लगाएतले शिक्षीत जनशत्तिलाई स्वेदसमा नै रोक्नका लागि विद्यार्थीहरुलाई ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गन पर्ने टंटकारो आवस्यकताका बारेमा जोड दिएका थिए ।

उत्त विद्यालयमा चालु शैक्षीक सत्रमा एक हजार ६३ जना विद्यार्थीहरु अध्यनरत छन भने विद्यालयबाट अहिलेसम्म १५ हजार पाँच सय भन्दा वढि विद्यार्थीले पठन पाठन गरिसकेको प्रारम्भीक तथ्याङ प्रस्तुत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्