श्री स्वस्थानी पूजाअर्चनामा भएको आम्दानी खर्च विवरण सार्वजनिक

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १९ फागुन । पोखरा महानगरपालिका वडा नं.३१ पचभैया देउराली मन्दिर परिसरमा आयोजना गरिएको सामुहिक श्री स्वस्थानीको पूजाअर्चनामा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ ।

पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको आायोजनामा गत माघ ११ गते देखि फागुन १३ गते सम्म गरिएको पूजाअर्चनामा भएको जम्मा आम्दानी ५ लाख ३ सय ७६ भएको र खर्च २ लाख ६७ हजार ५१८ भएको समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

खर्च कटाएर बचत भएको रकम देउराली मन्दिर संरक्षण तथा व्यवस्थापनमा खर्च गरिने अधिकारीले बताए । सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै समग्र यस क्षेत्रको पर्यटन प्रर्वद्धनको विकासमा टेवा पुगोस भन्ने उद्धेश्यका साथ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पूजाअर्चना गरिएको अध्यक्ष अधिकारीले बताए ।

एक महिना सम्म सञ्चालन भएको पूजाअर्चना कार्यक्रममा पार्वती घिमिरे कर्ता रहेकी थिइन भने पण्डित कृष्ण गौतमद्धारा स्वस्थानी पाठ वाचन गरीएको उक्त कार्यक्रममा बेगनास, पचभैया, लाकुरी, खुदी, शिशुवा, मिजुरे , काहुँ, बेगनासताल, लगायतका स्थानबाट स्वतःस्फुर्त रुपमा कतिब १५ हजार भक्तजनहरुले पूजाअर्चना गरेको अध्यक्ष अधिकारीले बताए । पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिले यातायातको असुविधा भएको भक्तजनहरुका लागि समेत यातायातको व्यवस्थापन समेत गरी कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने सामािजक संघ संस्थाहरु, व्यक्ति विशेष सबैलाई अध्यक्ष अधिकारीले धन्यवाद दिएका छन् ।

कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विशेष गरी देउराली नमूना आमा समूह लगायत सम्पूर्ण आमा समूहरुको सक्रिय सहभागीताका साथै आर्थिक सहयोग रहेको समितिका कोषाध्यक्ष विपना कुंवर थापाले बताइन् । यसै गरी जलेश्वर शिव मन्दिर सञ्चालन समिति, राम मन्दिर कागराको बोट बेगनासताल, शिव गारखनाथ मन्दिर व्यवस्थापन समिति, देउराली नमूना आमा समूह, पचभैया आमा समूह, खुदी दिदी बहिनी आमा समूह , लाकुरी आमा समूह, मिलन चोक भजन समूह, बेगनासताल भजन मण्डली , त्रिकाङ टोल विकास संस्था, बेगनास सुनगाभा आमा समूह, लस्ट होराइजन सांग्रिला रिसोर्ट, दि बेगनास रिसोर्ट, सिमलडाँडा आमा समूह, लिटल गार्डेन मन्टेश्वरी स्कूल, अम्मर सिद्ध नमूना मावि २०५६ / ५७ एस एल सी समूह , पौरखे आमा समूह, कंडेलस्वाँरा आमा समूह, सक्रिय आमा समूह चौर, क्षेत्रि समाज नेपाल अर्चलथर भजनमण्डली , किमवेशी आमा समूह लगायतका संघ संस्थाहरु व्यक्ति विशेष गरी ३५६ जनाले अन्तरमन देखि नै आर्थिक सहयोग गरेको अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा कार्यत्रममा १५ हजार भक्तजनहरुको उपस्थिति रहेको सचिव गणेश प्रसाद ढकालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्