पोखरा–२९ प्रस्तावित् भण्डारढिक रंगशालामा खेल महोत्सव हुने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २८ फागुन । पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा यहि चैत्र ३ गतेदेखी चैत्र ११ गतेसम्म खेल महोत्सव हुने भएको छ ।
सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा यहि चैत्र ३ गतेदेखी चैत्र ११ गतेसम्म खेल महोत्सव हुने क्लबले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको हो ।
खेलकुदको माध्यमबाट खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खेल महोत्वसको आयोजना गरिएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव एवं खेल संयोजक विष्णु पुनले जानकारी दिए।
महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियोगिता हुने खेल संयोजक पुनले बताए ।
महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला व्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरिय झाँकी प्रर्दशनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता, चैत्र ३ गतेदेखी ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगिता हुनेछ भने गत फागुन १९ गते एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भैसकेका छन् ।
खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।
यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ भने गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीयलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतीयलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ ।
कास्की जिल्ला विद्यालय स्तरिय नृत्य प्रतियोगिता प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय हुनेलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतिय हुनेलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ । यसै गरी खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३, द्वितीय पुरस्कार नगद रु.२२ हजार २ सय २२ र तृतीय पुरस्कार नगद रु. ११ हजार १ सय ११ को व्यवस्था गरिएको छ ।
एथ्लेटिक्स प्रतियोगिता अन्तरगत सम्पन्न विद्यालय स्तरीय छात्र÷छात्रा, खुल्ला महिला र ४५ वर्ष माथीको भेट्रान्स ७ किमि दौडतर्फ प्रथम हुने खेलाडीहरुलाई सात हजार, दितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तिन हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.ली. रहेको छ भने प्रवर्द्धकहरुमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषद रहेका छन ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्