सिर्जना वहिरा आवासिय माविका कक्षा १२ का विद्यार्थीलाई कफि बनाउने तालिम

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ३० फागुन । पोखरा महानगरपालिका वडा २६ को अर्घौमा रहेको सिर्जना वहिरा आवासिय माविमा अध्यानरत विद्यार्थीहरुका लागि कफि बनाउने तालिम दिइएको छ ।
उत्त विद्यालयमा अध्यानरत कक्षा १२ का बिद्यार्थीहरुका लागि सिप मुलक तालिमबाट रोजगार सृजनामा सहयोग पुग्ने उद्धेश्यले एक हप्ते ववल टि एण्ड कफि बनाउने तालिम प्रदान गरिएको हो ।
वहिरा नागरिकका लागि सीप तालिम पश्चात रोजगार प्रवद्धनमा सहयोग पुग्ने उद्धेश्यले पोखरा महानगरपालिका वडा नं २६ र २७ को आर्थीक सहयोगमा विद्यार्थीका लागि कफि बनाउने तालिम दिईएको हो ।
कक्षा १२ अध्यान पुरा गरेपछि वहिरा विद्यार्थीहरु उपल्लो तहको पढाई नपढी बेरोजार बस्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै विद्यार्थीहरुका लागि ब्यवसायीक वा रोजगारमा सहयोग पुग्ने गरि उक्त तालिम प्रदान गरिएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै पोखरा महानगरपालिका ब्यवसाय प्रवद्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपाली देखि विदेशमा समेत कफिको राम्रो वजार रहेकाले सिप सिकेर स्वरोजगार बन्नका लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारी, लायन्स क्लव अफ पोखरा अर्घौका द्धितिय उपाध्यक्ष रामचन्द्र श्रेष्ठ, पुर्व शिक्षक सुर्यमोहन वराल, शिक्षक कृष्णकुमारी वराल र उदय भट्ट लगाएतले तालिम फलदाई हुने विश्वास व्यक्त गर्दै कक्षा १२को अध्ययन पूरा भए पछि बहिरा विद्यार्थीहरुको लागि कुनै न कुनै खालको तालिम प्रदान गर्नका लागि पनि राज्य तहले सोच बनाउनु पर्ने सुझाव राखेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्