सनराईज क्लवको स्थापना दिवसमा सहयोग

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २ चैत । युवाहरुलाई संगठित गर्दै सामाजिक क्षेत्रमा कृयाशिल हुदै आएको पोखरा महानगरपालिका वडा नं २६ को सनराईज युवा क्लवले आफनो १६ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गमैत्री समाजलाई सहयोग गरेको छ ।

सामाजिक क्षेत्रमा कृयासिल हुदै स्थानिय स्तरमा सरसफाई,सडक वत्ती,मठमन्दिरका क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यस वर्ष आफनो स्थापना दिवसका अवसरमा गत कातिक महिनामा पोखरा २९ मा भएको आगोलागिबाट पिडामा परेर हाल नेत्रहिन संघको भवन पोखरा २६ को वुढिवजारमा आश्रय लिईरहेका अपा®मैत्री समाजलाई खाद्यन्न तथा फलफुल सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै पुर्व न्ययाधिस वासुदेव न्यौपानेले दुःख पिडामा परेकालाई सहयोग गर्नु मानविय कार्य भएकाले जो कोहीले पनि समाजमा सकरात्मक शन्देस दिनका लागि सेवा भावले आगाडी वढ्नु पर्ने सुझाव राखेका थिए भने नेत्रहिन संघ कास्कीका सचिव शुसिल गोदारले विभिन्न जिल्लाबाट आएर दिनमा वजारमा गएर ब्यापार गर्दा पनि खान र वस्नका लागि अब्ठारो अवस्था सृजना भएकाले यस प्रकारको समस्यालाई निराकरण गर्नका लागि राज्यले ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।क्लवका अध्यक्ष डुल बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष सुर्यनाथ न्यौपानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्