पोखराको श्रेना युनिसेक्स एकेडेमी र दुवईको क्यूटी लाविष बिच व्यवसायिक सम्झौता

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । पोखराको पृथ्वीचोकमा संचालित श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा.लि.र युएइ (दुवई) सरकारबाट मान्यता प्राप्त क्यूटी लाविष ब्यूटी सेलोन बिच व्यवसायिक सम्झौता भएको छ ।
“नेपालको पोखरामा संचालित श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा.लि र दुवईमा सञ्चालीत क्यूटी लाविष ब्यूटी सेलोनको एक अधिकृत व्यवसायिक साझेदार हो,” क्यूटी लाविष ब्यूटी सेलोनका निर्देशक शान गार्सिया र प्रबन्धक जुलियाना सिल्वाद्वारा हस्ताक्षरित सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
२०२४ जुन १ देखि २०२६ मे महिनासम्मका लागि ब्यूटी सैलुन, पार्लरसँग सम्बन्धि तालिमहरु महिला र पुरुष दुवैका लागि ब्याबसायिक सम्झौता भएको श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमीका संचालक सर्मिला रानाभाटले जानकारी दिइन् ।
दुवई सरकारबाट मान्यता प्राप्त क्यूटी लाविष ब्यूटी सेलोनबाट ब्याबसायिक सम्झौता पत्र ‘पोखरामा नै पहिलो पटक पाउँन सफल भएको रानाभाटले बताइन् । यस एकेडेमीबाट महिला, पुरुषले सौन्दर्य सम्बन्धी कुनै पनि प्रकारको तालिम लिन सक्ने र तालिम पश्चात स्वदेशमानै सौन्दर्य सम्बन्धि व्यवसाय गर्न सक्ने र विदेशमा रोजगारीका लागि जान चाहनेका लागि पनि टेवा पुग्ने रानाभाटले दाबी गरिन् ।
कुवेतमा ८ वर्ष र नेपालमा ८ वर्ष गरी १६ वर्ष सौन्दर्य व्यवसाय सम्बन्धि सिप सिकेर स्वदेशमा नै व्यवसाय गरौ भन्ने उद्धेश्यले सौन्दर्य सम्बन्धि व्यवसाय गरेको रानाभाटले बताइन् । आफूले सिकेको सिपलाई सदुपयोग गर्दै पोखराको पृथ्विचोकमा र पोखरा २७ को तालचोकमा समेत शाखा विस्तार गरी व्यवसाय सञ्चालन गरिएको रानाभाटले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी